धनुषामा हातखुट्टा नै नभएको बच्चा जन्मियो, परिवारमा रुवाबासी



जनकपुरधाम : धनुषामा हातखुट्टा नै नभएको बच्चा जन्मिएको छ । जनकनन्दनी गाउँपालिका वडा नं.४ खजुरी, चन्हाका स्थानीय सन्तोष पासवानकी हातखुट्टा नभएको छोरी जन्मिएपछि परिवार अचम्मित भएको छ । सँगै शिशुलाई हुर्काउनका लागि आउने कठिनाइका कारण आफन्त चिन्तित बनेका छन् । 

लक्ष्मीपूजाको राती करिब १२ बजेको समयमा शिशुको जन्म भएको हो । तर, शिशुको जन्म हुने बित्तिकै परिवारमा भने रुवाबासी सुरु भयो । 'घरमा लक्ष्मीको आगमन त भयो तर विना हातखुट्टाको असाधारण बच्चा देखेपछि मनै थाम्न सकिएन', बुवा सन्तोष पासवानले भने, 'कहिल्यै नसोचेको घटना मेरै परिवारमा भयो ।' 

सन्तोषको पहिलो सन्तान छोरा छन् । उनलाई कुनै शारीरिक समस्या देखिएको छैन । अहिले नवजात शिशुको जन्मिने समय पनि पुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्