तिहारकाे अवसरमा जावलाखेलमा आलु पार्टी ! नक्कली प्रचण्ड पनि सहभागी



काठमाडौं : वि.स. २०३४ सालदेखि निरन्तर मनाउँदै आएको आलु पार्टी हाँस्य व्यंग्य उत्सव यसपाली पनि  मनाइएको छ ।

आलु पार्टीमा हाँस्य व्यंग्य कवि तथा कलाकारको उपस्थिति थियो । छक्का पन्जा टिमका दीपक दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे प्रमुख आकर्षण रहेको कार्यक्रममा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को प्यारोडीको प्रस्तुति थियो भने डम्बर घिमिरे, मनोज आचार्य, डा. बमबहादुर थापा जिताली, पिँडालु पण्डित, मुना खतिवडा, टेकबहादुर कोइरालालगायतको कवितामार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए ।

गायक अजय अधिकारी ‘शुशिल’ले सञ्चालन गरेको कार्यक्रममा आलु पार्टी सरकार प्रमुख रामकुमार पाँडेले आलु पार्टीको महिमा सुनाएका थिए ।

कागतिहारको दिनलाई हाँस्य व्यंग्य दिवसको रुपमा मनाउन शँखघोस गरी खोर्सानीको धूप लगाएर १ मिनेट हाँसेर सबैले अनुमोदन गरेका थिए । कार्यक्रममा शिरोमणी दवाडीको ‘मखमली’, अश्विनी कोइरालाको ‘पारिजात’, बिजयराज आचार्यको ‘रातकी रानी’ र किरण पौडेलको ‘गोदावरी’ नामक चार वटा हाइकु सङ्ग्रह पनि विमोचन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्