उज्यालो वीरगन्ज बनाउन सधै प्रयत्नशील रहने छु : सांसद यादव



वीरगन्ज : समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगञ्जलाई उज्यालो बनाउन सधै प्रयत्नशील रहने बताएका छ्न। सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट निर्माण गरी वीरगन्जको सौन्दर्यकरणमा पहिलो पटक प्रयोगमा लयाईएको टावर लाईटको एक कार्यक्रमका विच सांसद यादवले लाइटको स्वीच अन गरेर सुभारम्भ गरे । 

टावर लाईटको उद्धघाटन गर्दै सांसद यादवले भने, देशको प्रमुख प्रवेश द्वार एवं मधेश जन-आन्दोलन लगायत विभिन्न पहिचान र सामाजिक न्यायको आन्दोलनहरुको  केन्द्रको रुपमा रहेको वीरगन्जको घण्टाघरलाई अंध्यारोमा देख्दा मन पिरोलीएको थियो।

घण्टाघरले भोगेको पीडालाई मेटाउन नसके पनि अंध्यारो मेटाउने प्रयास स्वरूप आज मेरो संसदीय कोषको पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट टावर लाइट जडान गरेको बताए। त्यसै गरी वीरगन्जलाई अरु जिल्लाहरु सँग जोड़ने र व्यापारी मार्गको केन्द्रमा रहेको प्रतिमा चौक तेस्रो मधेश आन्दोलनको पर्सा जिल्लाको प्रथम शहीदको शहादतको साक्षी रहेको छ।

प्रतिमा चौकमा पनि जडान गरिएको टावर लाइट जडानलाई पनि सासद यादवले समुद्धघाटन गरेका हुन। प्रतिमा चौकसँग आँखा जुदाएर शहीदहरुको शहादतको परिणाम दिलाउने वाचा पनि गरेको छु सांसद यादवले भने, म यो टावर लाइट हरुलाई विकासको कार्य  नसम्झेर  विकास प्रतिको पाइलाहरुलाई उज्यालो दिने एउटा साधनको रूपमा देखेको छु।

मलाई विश्वास छ तपाई सम्पूर्ण पर्सावासीले यो साधन प्रति अपनत्व महसुस गरी यसको संरक्षन गर्नुहुन्छ। वीरगन्जलाई उज्यालोमय बनाउन दुई ठाउमा १२ मिटरको उचाइमा लगाइएको पावर लाईटले एक किलो मिटर सम्मको क्षेत्रलाई उज्यालोमय बनाउनेछ।

पावर लाईट आज देखीनै सञ्चालनमा आएको छ। वीरगञ्ज लगाएत आसपासका क्षेत्रलाई उज्यालोमय बनाउन बसपार्क, नगवा, परवानीपुर, मिलनचौक लगाएतका ठाउहरुमा समेत पावरलाईट जडान गर्ने योजना रहेको सांसद यादवले बताए।

प्रतिक्रिया दिनुहोस्