आमिर खानको फिल्मका यी बाल कलाकार १२ वर्षमा भए यति परिवर्तन



बलिउड अभिनेता आमिर खानको फिल्म 'तारे जमिन पर' निकै नै हिट भएको थियो । उक्त फिल्ममा एक बाल कलाकार थिए, जसको अभिनयको निकै नै तारिफ गरिएको थियो । सन् २००७ मा रिलिज भएको फिल्म 'तारे जमिन पर'मा दर्शिलले डिसलेक्सिक बच्चाको भूमिका निभाएका थिए । उनै बालकलाकार दर्शिल सफारी अब ठूलो भइसकेका छन् ।

Image result for 'तारे जमिन पर'

तारे जमिन परबाहेक दर्शिलले बाल कलाकारको रुपमा बम बम भोले, जोकोमौनी र मिडनाइट्स चिल्ड्रेनजस्ता फिल्ममा अभिनय गरेका थिए । तर त्यसपछि फिल्मी दुनियाँमा उनको उपस्थिती पातलो भयो । यसको कारण पनि उनी आफैंले बताएका थिए ।

Image result for 'तारे जमिन पर'

एक अन्तरवार्तामा दर्शिलले भनेका थिए, ‘म फिल्मका लागि अडिशन दिन जान्थे र धेरै पटक काम पनि पाउँथे । तर म आफ्नो काम निकै छानेर लिने गर्छु । मानिसहरुले मलाई तारे जमिन परका कारण चिन्छन् त्यसकारण प्रोजेक्ट गर्नुअघि निकै सतर्क रहन्छु ।’

दर्शिल सोसल मिडियामा पनि छन् तर उनी खासै सक्रिय छैनन् । उनको इन्स्टाग्राम अकाउन्टमा उनका केही तस्बिर उपलब्ध केहि तस्विरहरु :

Image result for 'तारे जमिन पर'

 

प्रतिक्रिया दिनुहोस्