शिक्षक सेवा आयोगको वेबसाइट ह्याक



काठमाडौं : शिक्षक सेवा आयोगको वेबसाइट tsc.gov.np ह्याक  भएको छ। तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो । 

बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएर एउटा सन्देश छाडिएको अवस्थामा पाइएको छ । विशेष गरी सुरक्षामा लापरबाही गरिँदा नेपाल सरकारका वेबसाइटमाथि ह्याकरले निशाना बनाउँदै आएका छन् । 

वेबसाइट ह्याकरको निशानामा परेको बारेमा शिक्षक सेवा आयोगका अधिकारीहरूलार्इ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

ह्याक गरिएको वेबसाइटमा 'ह्याक्ड बाइ एक्स ड्यास एम थ्री एन्' लेखिएको छ। यो साइटमा Anonymous Philippines – C0D3X Cyber Army – BloodSecurity International – Global Security Hackers PureHackers – Pinoy Lulzsec – Anonymous X-Protocol – Pinoy Vendetta Copyrights – 2018 लेखेर छाडिएको छ । ह्याक गरिएपछि आयोगको साइटको अग्रपृष्ठमा एउटा तस्बिर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्