पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ



काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिल खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । 

उनलाई निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको हो । पाकिस्तानी समाचार च्यानल डन न्यूज टिभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो ।

शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए । कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ । अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए।

उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो । अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको बीबीसीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्