लोकसेवा विज्ञापनविरुद्ध वीरगन्जमा प्रदर्शन 



वीरगन्ज : लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगन्जका युवाहरूको एक समुहले बिहीबार प्रदर्शन गरेको छ। वीरगन्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनकोविरुद्धमा चर्को नाराबाजीसहित प्रदर्शन गरिएको थियो।

युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा सहभागी बक्ताहरूले लोकसेवाको विज्ञापन शोषित उत्पीडित समुदायलाई राज्यको मुलधारबाट बञ्चित गर्ने षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए। सरकारले विज्ञापन नसच्याए वीरगन्जबाट अर्को आन्दोलन थाल्ने उनीहरूले चेतावनी दिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश–२ का उपाध्यक्ष कमल पिठाकाटे मगर, विद्यार्थी नेताहरु बद्री तिवारी, निखील वर्णवाल, बालमिकी यादव, थारु अगुवा प्रकाश थारु, युवा समाजिक अभियन्ता कमल चौलागाई, दलित अगुवा मनोज राम, मुस्लिम युवा नेता शेख मुन्ना, विधार्थी नेतृ राधा चौधरी, ज्योति साह लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्