चलचित्र घरमा एक्लो ‘घर’, तर्साउलान् सुरक्षा र बेनिशाले ?



काठमाण्डौ : आज शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘घर’ प्रदर्शनीमा आएको छ । चलचित्र 'घर' काे निर्देशन अर्पण थापाले गरेका हुन् ।

काठमाडौँमा नयाँ घर खरिदपछि त्यहाँ भएको भूतको आतङ्कलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको छ । घर ‘हरर मूभी’ हो ।

निर्देशक थापाको समेत अभिनय रहेको फिल्म घरमा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमालको मुख्य भूमिका छ । साथमा अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् । निरज कँडेलले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्