हनिमुनमा पत्नीलाई रक्सी खुवाएर मुखमा कोचिदिए सिसाको टुक्रा, सीसीटिभिमा कैद भयो घटना



हनिमुन मनाउन गएका एक जोडिको डरलाग्दो भिडियो बाहिरिएको छ । यसक्रममा पतिले पत्नीलाई रक्सी खुवाएर, उक्त रक्सीको गिलासले पत्नीको मुखमा हान्छन् । यतिमात्र नभएर फुटेको गिलासको टुक्रा पत्नीको मुखमा जबरजस्ती हालिदिन्छन् । यो सबै हरकत होटलको सीसीटिभि मा कैद हुन्छ । यो घटना मार्चमा घटेको हो तर यसको खुलासा अहिले भएको छ । 

हनीमून पर पत्नी को शराब पिलाकर मुंह में भर दिए कांच, CCTV में कैद बर्बरता

युवतीले आफ्नो माइतमा आएर यो कुरा भनेपछि यस घटनाबारे बल्ल पुलिसले थाहा पाएको छ । यो घटना उत्तर प्रदेशको अलीगढ शहरको हो । 

अलीगढ को बनियापाडाकी एक युवतीको विवाह ९ डिसेम्बरमा एटा निवासी ऋषभसँग धुमधामकासाथ भएको थियो । तर विवाह भएको केहि दिनमै पतीका घरपरिवारहरुले आफ्नो असली रङ देखाउन सुरु गरेका थिए । 

हनीमून पर पत्नी को शराब पिलाकर मुंह में भर दिए कांच, CCTV में कैद बर्बरता

भारतीय संचार माध्यम आजतकका अनुसार, पतिले उक्त युवतीलाई जबरजस्ती रुक्सी खुवाउने र खान नमाने एकदमै पिट्ने गर्थे । रक्सीको बोतल र सिसाको गिलास फुटाएर पत्नीको मुखमा हालिदिन्थे जसका कारण उनी घाइते हुन्थिन् । 

पिडित युवतीको आरोप अनुसार, उनको पतिको घरमा परिवारका सबै सदस्यले रक्सी पिउथे । पति  ऋषभ आईपीएलमा सट्टा पनि लगाउने गर्थे जसका कारण उनले विवाह अगाडि नै ४५  लाख हारीसकेका थिए । 

हनीमून पर पत्नी को शराब पिलाकर मुंह में भर दिए कांच, CCTV में कैद बर्बरता

हारेको पैसा असुल्न ऋषभ र उसको परिवारका सदस्यहरु युवतीमाथि दबाब दिन्थे, यती मात्र नभएर उनलाई डर देखाएर पतिले अश्लील भिडियो बनाएर उनलाई ब्ल्याकमेल गर्न खोजीरहको पिडित युवतीले बताएकी छिन् ।  

यहि उद्देश्य पुरा गर्न पतिले आफ्नो बहिनी र बहिनी ज्वाइका साथ पत्निलाई दार्जिलिङ लिएर गए । होटलको कोठामा पत्नीलाई जबरजस्ती रक्सी खुवाउन खोजे, युवतीले खान नमानेपछि पति र नन्द मिलेर रक्सीले भरिएको सिसाको गिलासले उनको मुखमा हाने, गिलास खसेर फुट्यो । त्यसपछि ऋषभले फुटेको सिसाको ट्क्रा उनको मुखका कोचारिदियो, युवती चिच्याउन थालेपछि पतिले उनलाई कोठाबाट निकालेर रिसेप्सन अगाडिको भित्तामा टाउको ठोक्काइदिएर कुट्न थाले । 

हनीमून पर पत्नी को शराब पिलाकर मुंह में भर दिए कांच, CCTV में कैद बर्बरता

यो सबै घटना त्यहाँ भएको सीसीटिभिमा कैद भयो । त्यसपश्चाल युवतीले माइत पुगेर सबै घटना आफ्ना बुवा, आमालाई सुनाइन् । केहि समय त माइती पक्षले कुरा मिल्छ की भनेर कुरेर बसे तर केहि नसुद्रिएपछि उनीहरुले थाना देहली गेटमा केस हाले । अहिले पुलिसले यो घटनाबारे जाँच गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्