क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ। बिहीबार इङ्ल्याण्डको लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन यथावत राख्दै टेष्ट राष्ट्र जिम्बावेलाई प्रतिबन्ध लगाएको छ।

आईसीसीले तीन वर्ष अघि नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय भएका छलफलका प्रयासहरू सकारात्मक भएपछि आईसीसीले क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्ने अपेक्षा गरिएको थियो।

तर, लण्डनको बैठकमा क्यान निलम्बन फुकुवा बारे छलफल नै भएन्। आईसीसीले राजनीतिक हस्तक्षेप भएको दाबी गर्दै जिम्बावेमाथि प्रतिबन्ध लगाएको छ।  जिम्बावे क्रिकेट बोर्डमा सरकारबाट हस्तक्षेप भएको दाबी आईसीसीको छ।

आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध गरे पनि नेपाली क्रिकेटलाई सहयोग गरिरहेको छ। क्यानमा राजनीतिक हस्तक्षेप भएपछि आईसीसीले २०७३ सालमा नेपाललाई निलम्बन गरेको थियो। क्यानको निलम्बन फुकुवाका विषयमा पटक पटक छलफल भएपनि बिहीबार बसेको बोर्ड बैठकमा औपचारिक छलफल नै भएन्।

प्रतिक्रिया दिनुहोस्