आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितलाई राहत वितरण



काठमाडौं : आप्सा नेपालले सप्तरीका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ। अविरल वर्षापछि आएको बाढीले घरबार बिहीन भइ कष्टकर जीवन बिताइरहेका पीडितहरूलाई आप्सा नेपाले राहत सामाग्री हस्तान्तरण गरेको हो।

आप्सा नेपालद्वारा १ लाख ५० हजार बराबरको राहत सामग्री पीडितहरूको नाममा पत्रकार तथा समाजसेवी अनन्त अनुरागलाई हस्तान्तरण गरेको हो।  शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संस्थामा अध्यक्ष लोकेश कुमार मानन्धर र संस्थाका बरिष्ठ सल्लाहकार प्रदिपमान प्रधानले राहत सामाग्री हस्तान्तरण गरेका हुन।

बाढीले धेरै क्षति पुर्याएको जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई सो राहत सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष मानन्धरले बताए। संस्थाका बरिष्ठ सल्लाहकार प्रधानले बाढी पीडित जनताको घाउमा सानो मल्हम लगाउने उदेश्यले राहत सामाग्री वितरण गरिएको बताए।

त्यस्तै संस्थाका महासचिव निर्मल भट्टराईले आगामी दिनमा पनि सामाजिक कार्यका लागि संस्थाबाट योगदान रहने प्रतिबद्धता जनाउँदै छोटो समयमा राहत सामग्री उठाउन सहयोग गर्ने सबै सदस्यलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्