दुर्इ माेटरसाइकल अापसमा ठाेक्किँदा एक जनाकाे ज्यान गयाे



लहान : सिरहाको जिरोमाइल–बरियारपट्टि सडकखण्डस्थित सुखिपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

 

सुखीपुरबाट जिरोमाइलतर्फ आउँदै गरेको स ९ प १११ नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स २ प १३०९ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा स ९ प १११ नं को मोटरसाइकलका चालक सिरहाको बरियारपट्टी गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो । 

 

दुर्घटनामा परी गम्भीर घाइते यादवको उपचारको क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए ।  

 

सोही दुर्घटनामा परी स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका–५ निमचोक निवासी २६ वर्षीय राम उदगार महतो गम्भीर घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्