झ्याप भएकी महिला पर्यटक हाम्फालिन् पुलबाट (भिडियो)



काठमाडौं : पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुलबाट हाम्फालेकी छन् । ब्राजिलबाट आएकी भन्ठानिएकी उक्त पर्यटकले पोर्टोमा रहेको डोम लुइस पहिलो पुलबाट खतरनाक डाइभ हानेकी हुन् । 

घटनाको भिडियो पनि सार्वजनिक भएको छ । पूरै झ्याप भएको अवस्थामा महिलाले सबै लुगा खोलेर पुलमा चढेर आफूलाई सन्तुलनमा राख्दै डुओरो नदीमा हाम्फालेकी थिइन् । 

ती महिलासँग दुई अन्य पुरुष पनि थिए । उनीहरूले चाहिँ कम्मरमाथि लुगा लगाएका थिएनन् । उनीहरू पुलको छेउमा बसिरहे । उनले माथिको लुगा चिच्याइरहेको भीडतर्फ फ्याँकिन् अनि त्यसपछि जीन्स पाइन्ट झिकिन् र अगाडिपछाडि हल्लिइन् । 

त्यसपछि उनी टाउको अगाडि पारेर झ्याम्मै हाम्फालिन् । उनी पानीमा चप्लङ्ग हुँदा मानिसहरू कराए । 

प्रहरीको गश्ती टोलीले घटनापछि उक्त क्षेत्रमा खोजबीन गरेको भए पनि घटनामा संलग्न कोही पनि भेटेन । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । 

भाग्यवश ती महिला नदीको किनारसम्म पौडिँदै आइन् र उनलाई खासै चोटपटक लागेन । 

उनको परिचय खुलेको छैन ।

https://video.dailymail.co.uk/preview/mol/2019/07/17/1564249362464027439/636x382_MP4_1564249362464027439.mp4

प्रतिक्रिया दिनुहोस्