चीलले जिउँदै सर्प खाइदियो (भिडियो)



काठमाडौं : दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा चीलले एक सर्पको आन्द्राभुँडी निकालेको तस्वीर सार्वजनिक भएको छ ।  जोहानेसबर्गमा बस्ने एक शिक्षक ग्रेम मिच्लीले घटनाको भिडियो खिचेका हुन् । 

नी निकुञ्ज बाहिर निस्कँदै गर्दा चीलले विषालु सर्प पफ याडरलाई च्याप्प समात्यो अनि सडकछेउमा लगेर खान थाल्यो । सर्पले डस्न नसक्ने गरी चीलले उसलाई करेप्यो । सर्प जिउँदै हुँदा चीलले खान थाल्यो । 

ग्रेमले भने, ‘मलाई सर्पप्रति दया लाग्यो । यो दृश्य हेर्न सहज थिएन । अहिले पनि भिडियो हेर्दा म सर्प तड्पिएको देखेर चिन्तित हुन्छु । धेरैजनालाई सर्प मन पर्दैन तर उसले निकै पीडादायी मृत्युको सामना गर्नुपरेको थियो ।’

उनका अनुसार, चीलहरूले प्रायः आफ्ना तीखा नंग्राले सर्पको शरीर छेडेर मारिदिन्छन् अनि खान्छन् । तर यस घटनामा चाहिँ चीलले सर्प जिउँदै हुँदा खाइदियो । 

‘पफ याडरको टाउकोमा विषथैली हुन्छ तर चीलले त्यसलाई फणा उठाउनै दिएन ।’

मिच्ली त्यही ठाउँमा भोलिपल्ट पुग्दा याडरको नामनिशान थिएन । चीलले खान बाँकी राखेको भाग अर्को कुनै जन्तुले खाइदिएको अनुमान उनी गर्छन् । 

सर्प खाने चीलहरू क्रुगरको केन्द्रीय भागमा बस्छन् र तिनले याडर, माम्बा, बूमस्ल्याङ र ग्रास सर्पहरू खान्छन् । 

उनीहरूले छेपारो र अन्य साना स्तनधारी जन्तु पनि खान्छन् ।

https://video.dailymail.co.uk/preview/mol/2019/07/18/6436771038165776637/636x382_MP4_6436771038165776637.mp4

प्रतिक्रिया दिनुहोस्