पक्राउ परेकी प्रियंका गान्धीले भनिन्, ‘पीडित परिवारसँग नभेटी म जादिन’



नयाँदिल्ली : भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छिन् । भारतको उत्तर प्रदेशको मिर्जापुरबाट प्रियंका पक्राउ परेकी हुन् । 

सोनभद्रामा जग्गा विवादका कारण भएको गोलाबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका पक्राउ परेकी हुन् । 

पक्राउ परेकी प्रियंकाले शुक्रबार राति लगातार ट्वीट गर्दै गोलीकाण्डका पीडितलाई भेट्न पाउनुपर्ने माग थियो ।  उनले ट्वीट गर्दै भनेकि छिन्, ‘यहि पीडितसँग भेट्दा सरकारले मलाई जेल हाल्छ भने यसमा म तयार छु । तर, मैले पीडित परिवारलाई भेट्न पाउनुपर्छ ।’

‘गेस्ट हाउसमा मलाई राखेको २४ घण्टा भयो । के सरकारका एकजना व्यक्ति पनि सोनभन्द्र गयो ? म प्रशासनसँग भन्न चाहान्छु कि उनले जहाँ भन्छ सोनभद्र र वाराणसी पीडितको परिवारसँग भेट गराइदिओस् । पीडित परिवारसँग नभेटि म जादिन ।’ उनले प्रहरीसँग भनिन्, ‘आखिर मलाई किन रोकेको । कुनै ठोस कुरा हुनुपर्छ । कुनै दस्तावेज देखाउनुस् ।’ तर, प्रहरीले अनुसन्धान भइरहेको बताए । 

प्रियंका यूपी सरकारको विरोधमा धर्ना पनि बसेकी थिइन् । आफू चार जनाको संख्यामा पनि पीडितलाई भेट्न जान तयार रहेको उनले बताइन् । तर, प्रशासनले आफूहरुलाई जान नदिएकाले धर्ना बसेको उनले बताएकी थिइन् ।

गोलीबारी पछि उत्तर प्रदेशमा धारा १४४ लागू गरिएको छ । जसअनुसार ४ जनाभन्दा बढी व्यक्ति झुन्ड बनाएर सार्वजनिक स्थानमा बस्न पाइँदैन । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएपछि यूपीमा सेक्सन १४४ लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्