ओखलढुंगामा दश वर्षीया बालिका बलात्कृत, वृद्ध पक्राउ 



ओखलढुंगा : दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी एक वृद्ध पक्राउ परेको छ । 

ओखलढुंगा स्थानीय १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका ६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्