हेटौंडामा कुटपिटबाट एक व्यक्तिको मृत्यु



मकवानपुर : हेटौंडा उपमहानगरपालिका ११ मा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १२ का रमेश राना मगरको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो ।

 

राप्ती खोला पारि रहेको जेठानको घरबाट वारि नवलपुर तिर आउँदै गरेका रानाको बञ्चरो र रडको प्रयोग गरी हत्या गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । हेटौंडा ११ नवलपुर र १२ सिग्रेनी जोड्ने झोलुङ्गे पुलमा गएराति उनीमाथि आक्रमण भएको थियो ।

 

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । घटना के कारणले भयो भन्ने खुल्न नसकेपनि हत्याको अनुसन्धानमा पर्ने शंकास्पद व्यक्तिको पहिचान भइसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्