सावधान ! ल्याप्टप वा स्मार्टफोनमा अश्लील भिडियो हेर्दै हुनुहुन्छ ?



एजोन्सी : तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने सावधान ! किनभने तपाईंलाई फेसबुक र गुगलले निगरानीमा राखेको छ ।

ल्याप्टप वा स्मार्टफोनमा ’इन्कग्निटो मोड’ स्विच गर्दा तपाईंले हेर्ने अश्लील भिडियोको अनुगमन फेसबुक र गुगलले गरिरहेको हुन्छ ।

मेलोन युनिभर्सिटी र पेसिल्वेनिया विश्वविद्यालयले गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । अनुसन्धानका अनुसार विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दा बढी रहेका छन् ।

यसअन्तर्गत २२ हजार ४ सय ८४ वेबसाइटहरुले निगरानी गरिरहेको छ । अनुसन्धान कर्ताले आफ्ना ग्राहकहरुको ‘लोकेशन ट्रयास’ गर्ने २ सय ३० कम्पनीमार्फत यो तथ्य बाहिर ल्याएको हो । 

अध्ययनले बताए अनुसार गैर पोर्चुगलका शीर्ष १० कम्पनी अमेरिकमा अवस्थित छ । जबकि पोर्नोग्राफी विशिष्ट कम्पनी युरोपमा छ

ग्राहकहरुले गुगल र फेसबुकका धेरै कार्यहरुलाई बुझेका छैनन् । जस अनुरुप ल्याप्टप वा स्मार्टफोनमा अश्लील भिडियो हेर्ने गर्छन् । तर,

सेवाप्रदायकहरुले नियमित र गोप्य रुपमा सबैलाई नियालिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्