मेस्सीलाई पछि पार्दै रोनाल्डो बने विश्वकै प्रशंसित खेलाडी



काठमाडौं : इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै अधिक प्रशंसा गरिएका खेलाडी भएका छन्।

केही समय अघि ‘यु गभ’ (YouGov) ले गरेको सर्वेक्षण अनुसार रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेन मेस्सीलाई पछि पार्दै प्रशंसित खेलाडी भएका हुन्।

खेलाडीतर्फ प्रशंसित खेलाडी रोनाल्डो समग्रमा भने सातौँ स्थानमा छन्। यस्तौ लियोनल मेस्सी समग्रमा नवौँ स्थानमा छन्।

यु गभका रिर्पाेटर म्याथ्यु स्मिथले विल गेट्स यो वर्षको सबैभन्दा प्रशंसित व्यक्ति बन्न सफल भएको बताए। दोस्रो नम्बरमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा छन्। तेश्रो नम्बरमा हलिवुड अभिनेता ज्याकि चैन रहेका छन्।

चीनका राष्ट्रपति शी जिनपिंग, चीनीया अनलाइन कम्पनी अलीबाबाका प्रमुख जैक मा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्रमश चौथो, पाँचौ र छैठौँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्