बाेक्सी अाराेपमा कुटिएकी राधाका दुर्इ विराना दिन



बाेक्सीकाे अाराेपमा शरिरमा निलडाम हुने गरि निर्घात कुटिएकी राधा चाैधरी बुधबार फेरि बाेक्सी अाराेपमा कुटिएकी छन् । गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया राधा चाैधरीमाथि लगातार ६ घन्टासम्म कुटपिट भएकाे थियाे ।

 

फेरि दिन त्यस्तै जुर्‍याे राधाका लागि नारीलार्इ लक्ष्मी भनेर देशभर लक्ष्मी पूजा गरिदै थियाे उनी भने बाेक्सी भनेर कुटिइन् ।  चौधरीमाथि स्थानीय कालीचरण चौधरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरी अाेलीले जानकारी दिए।

गत फागुन २४ गतेका  दिन राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो तर गाउँले रमिता मात्र हेरिरहे । पीडित राधा चौधरी त्याे वेलाकाे निर्घात कुटाइले जीवनमरणको दोषाधमा पुगेकि थिइन् ।  उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको थियाे । 

अाफ्नी आमासँग स्थानीय कालीचरण चौधरीले सामान्य गरीरहेकोले वेला कारण जान्न खाेज्दा उनीमाथि लक्ष्मी पूजाकै दिन फेरि लठ्ठी बजारियाे । पटक-पटक राधा माथि अन्याय हुँदा त्यहाँको समाजमा अझैं पनि सामाजिक रुपमा सद्भाव नमिलेको देखिन्छ । बोक्सीको आरोपमा कुटिएकी राधा अहिले गाउँमा बस्दै आए पनि उनी माथि हेरिने नजर र गरिने व्यवहार उस्तै छ । 

 

महिलाले एक पटक समाजमा नराम्राे व्यवहार खेपेपछि कानुनले उसलार्इ संरक्षण दिए पनि नेपाली समाजले कहिल्यै स्वीकार गर्दैन । महिला हिंसालाई प्रश्रय दिने बाेक्सी छाउपडी प्रथा, दाइजो प्रथा जस्ता कुप्रथा अझै विधमान छन् । कानुनको खुकुलोपन र राज्यको दण्डहिनताका कारण बारम्बार यस्ता घटना दोहोरिने गरेका छन् ।


हिंसा 

कसैलाई चोट नपुर्‍याई आफू खुसी हुन नसक्नु सामान्य अर्थमा हिंसा हो । यही सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ । कसले गर्छ महिलामाथि हिंसा ? पुरुषले ? के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति हो ? अवश्य होइन ।

 

आदरभाव, प्रेमपूर्ण भाव, सहनशीलताजस्ता गुण दिएको छ प्रकृतिले महिलालाई, जुन गुणमाथि पुरुषले कदापि हिंसा गर्न सक्दैन । जब ऊ हिंसामा उत्रिन्छ भने उसले मनुष्यको स्वभावबाट हटेर राक्षसी प्रवृत्ति अपनाएको हुन्छ ।

 

कुनै पनि देश, धर्म, संस्कृति वा भाषामा महिलामाथि अन्याय गर्नु भनिएको छैन । महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारको, मनुष्यको सृष्टि भएको हो । पुरुषको, मनुष्य जातिको उद्गम महिलाबाट भएको हो । आमा, जननी, मातृत्वबाट भएको हो ।

 

पुरुषले आफ्नो उद्गम बिर्सिएपछि के हुन्छ ? उसले बाटो बिराउाछ, विवेक गुमाउाछ अनि प्रेमको साटो हिंसा गर्न तत्पर हुन्छ । महिला, जननी, मातृत्व जसको सृष्टिले जीवन दियो । जीवनमा प्रेम पैदा गर्‍यो, जीवनलाई रूपान्तरण गरायो आमाको रूपबाट, दिदीबहिनी एवं जीवनसंगिनीका रूपबाट ।

 

के महिलाविनाको संसारको कल्पना गर्न सकिन्छ ? खाली कागज स्वरूपको पुरुषको जीवनमा महिलाको आगमनपछि मात्र कविता कोरिन्छ, पुरुषको जीवनमा प्रेरणा थपिन्छ । यसका लागि बाहिरी शिक्षा र चेतनाले मात्र पुग्दो रहेनछ भन्ने उदाहरण बढ्दै गएका महिला हिंसाका उदाहरणले बताउँछन् ।

 

मनुष्यको आन्तरिक चेतनामा बाहिरबाट परिवर्तन आउँदैन । जति शैक्षिक स्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँदै गयो त्यति हिंसाको प्रकृति फरक हुनुका साथै त्यसको संख्या बढ्दै गएको छ ।


सामाजिक आन्दोलनको खाँचो

नेपालमा सामाजिक आन्दोलन भएको छैन । सामाजिक आन्दोलनबाट जनचेतना जगाउन सकिन्छ । सामान्य आयस्रोतबाट पनि सरलैसँग बाँच्न सकिने (सादा जीवन उच्च विचार) अवधारणा कसैमा छैन । बढ्दो भौतिक सुखसुविधा उपभोग गर्ने लालसाका कारण आयव्ययमा तालमेल नहुँदा परिवार–परिवारबीच वादविवाद भएर हत्याहिंसाजस्ता आपराधिक गतिविधि निम्तिन्छन् ।

 

अवैध स्रोतबाट प्राप्त आय हुनेसँग नहुनेले खर्चमा दाँजिन खोज्दा सामाजिक द्वन्द्व र अपराध बढेका हुन् । सादगीसँग जिउने प्रवृत्ति हराएको छ । पहिले मानिस घाँटी हेरी हाड निल्नु भन्थे तर अहिले सामाजिक व्यवहारमा लाखौं करोडौं खर्च हुने गरेको छ जसको कुनै अर्थ छैन । तसर्थ समाजमा सरल जीवन जिउन जगाउन अभियान नै चलाउनुपर्ने अवस्था छ ।

 

हामीकहाँ पारिवारिक विवाद समाधानका निम्ति सरसल्लाह दिने निकायको पनि अभाव छ । कतिपय हिंस्रक घटनामा परिणत हुने विवादका सन्दर्भमा सामाजिक तौरमा अग्रज र जानकारहरूले सरसल्लाह दिए आपसी सद्‍भाव र मायाप्रेम बढ्न सक्छ ।

 

ग्रामीण क्षेत्रमा हत्याहिंसाका घटना चेतना अभावमा भएका हुन्छन् । सानो रिसइबीका कारण पत्नीको हत्या गरेका प्रशस्त घटना छन् । अहिले पनि पुरुषवर्गले महिला भनेपछि आफू समानको हो भन्‍ने सोच राख्दैनन् ।

 

यो पुरातन सोचका कारण पुरुषमा अहंकार भएकाले सानातिना विवादमा पनि सहन नसकी हात छाड्ने र दुर्घटना हुने गरेको पाइन्छ । त्यसैले संविधान, कानुनले प्रदत्त गरेको समानता र स्वतन्त्रताका हकका विषयमा पुरुष वर्गमा चेतना जगाई सद्‍भावपूर्ण सामाजिक वातावरण कायम गर्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्