टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को ट्रेलर (भिडियो)



काठमाडाैं : सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को रिमेक फिल्म ‘टप गनः माभरिक’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा हलिउड अभिनेता टम क्रुज फाइटर पाइलटको भूमिकामा छन्। टम क्रुजले ट्रेलरमा देखाइएका सबै दृश्य वास्तविक भएको बताएका छन्।

उनका अनुसार ट्रेलरमा देखाइएका सबै फ्लाइङ वास्तविक हुन्। उनले यो फिल्म बनाउनका लागि अमेरिकन नेवीसँग नजिक भएर काम गरेका थिए। सन् २०२० मा रिलिज हुने यो फिल्म अहिले निर्माणकै क्रममा रहेको छ। यसअघि टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबलः फल आउट’ प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्