धुम्रपानबाट टाढा राख्ने १० प्राकृतिक उपाय



काठमाडाैं : धुम्रपान गर्दा के हुन्छ भन्ने विषयमा यहाँ कुरा नगरौँ। यसको बेफाइदाको बारेमा जानकार धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दा खोज्दै पनि नसकेको अवस्था हुनसक्छ। यस्तो समस्यामा पर्नुभएको छ भने हामी प्राकृतिक तरिकाबाट धुम्रपानबाट टाढा राख्ने उपाय तपाईंहरुमाझ पस्कँदै छौँ।

१. बिस्तारै कम गर्नुहोस् :- यदि दिनमा १० देखि १२ वटा चुरोट पिउनुहुन्छ भने यसलाई दिनप्रतिदिन घटाउँदै लानुहोस्। आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोच्दै हुनुहुन्छ भने बिस्तारै घटाउँदै लाने गर्नुभयो भने यसलाई तपाईंले चटक्कै छोड्न सक्नुहुन्छ।

२. धुँवाबाट टाढा रहुनहोस् :-  यदि तपाईं धुम्रपानबाट टाढा बस्न चाहनुहुन्छ भने निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्नुपर्ने हुन्छ। यसका लागि तपाईंले बेकिङ सोडाको प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको कुनै पनि फर्निचरबाट चुरोटको गन्ध हटाउने काम गर्दछ।

३. आफ्नो मुखलाई व्यस्त राख्नुहोस् :- जतिबेला तपाईंलाई चुरोट पिउन मनलाग्छ, त्यतिबेला चुइङगम खानुहोस्। यसका साथसाथै तपाईंले ललिपप र टुथ पिकको पनि प्रयोग गर्न सक्नुहुन्छ।

४. पहिला जाने ठाउँमा जान बन्द गर्नुहोस् :- जब तपाईं धुम्रपान छोड्ने सोच्दै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा पहिले तपाईं धुम्रपानका लागि पहिला जाने ठाउँमा जान बन्द गर्नुपर्छ र ती साथीहरुलाई भेट्न पनि बन्द गर्नुपर्ने हुन्छ जो धुम्रपानको अम्मली छन्।

५. संगीत सुन्नुहोस् :- आफूलाई मनपर्ने संगीत सुन्नुहोस्। यसले तपाईंको दिमागलाई आराम दिने गर्दछ।

६. स्वच्छ हावा :- आफ्नो घरलाई चुरोटको धुँवाबाट मुक्त गर्नुहोस्। कोठाको झ्यालहरु धेरैजसो खुल्ला राख्नुहोस् ता कि तपाईंको कोठामा स्वच्छ हावा आवतजावत होस्।

७. आफ्नो दिनचर्यालाई परिवर्तन गर्नुहोस् :- यदि तपाईं बिहान चियासँग चुरोट खाने गर्नुहुन्थ्यो भने त्यतिबेला केहि अरु नै काम गर्नुहोस्।

८. धुम्रपानलाई याद दिलाउने सामानहरु फ्याँकिदिनुहोस् :- धुम्रपान त्याग्ने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले लाइटर, एसट्रे, सिगरेट होल्डर, सलाइहरु फ्याकिँदिनुहोस्।

९. खाली समयमा सिगरेट नपिउनुहोस् :- कामको बीचमा हुने खाली समयमा चुरोट नपिउनुहोस् जस्तै कम्प्युटरमा केहि गेम खेल्नुहोस्। यदि अफिसमा गेम खेल्न मनाही छ भने फोनमा साथीहरुसँग कुराकानी गर्नुहोस् अथवा कुनै फल खानुहोस्।

१०. खाली समयमा अन्य काम :- खाली समयमा गर्ने कामहरुको सूची तयार गर्नुहोस् जस्तै कतै घुम्न निस्कनुहोस्, पानी पिउनुहोस् अथवा आफ्नो कुकुरसँग खेल्नुहोस्। 

प्रतिक्रिया दिनुहोस्