पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु



रौतहट : रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन गएका उनीहरूको मृत्यु भएको हो।

सोही गाउँ बस्ने स्व.रामनरेश साहकी १० वर्षीया छोरी पिंकी कुमारी र रामानन्द साहका ८ वर्षीय छोरी निरुताकुमारी साहको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाही गुनाहीका प्रहरी निरीक्षक बद्रीबहादुर पौडेलले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्