बाढीका कारण ढलेका सीमा स्तम्भहरूको निरीक्षण 



कपिलवस्तु : सशस्त्र प्रहरी प्रदेश–५ का प्रमुख प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल नेतृत्वको टोलीले बाढीका कारण नेपाल भारत सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भहरूको निरीक्षण गरेको छ। नेपाल भारत सीमा अन्तरगत विजयनगर गाउँपालिका–५, ठाकुरापुर नजिकका ४ वटा सीमा स्तम्भहरूको अवलोकन गरी यसको अवस्थाको बारेमा सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी गराएको पौडेलले बताए।

तिनीहरू सामान्य बाढी आउँदा पनि ढलेका छन्। सीमा क्षेत्रमै नदी भएका कारण नदीको बीचमा निर्माण गरिएको पिलरको डिजाइन नै फेल भएका कारण ढलेको भन्ने आफूलाई जानकारी आएको एसपी दिपक अधिकारीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्