१३ वर्षीया बालिकासँग अनैतिक यौन सम्पर्क राख्नेलाई महिला प्रहरीले यसरी पक्राउ गरिन



काठमाडौं : १३ वर्षीया बालिकासँग अनैतिक यौन सम्पर्क राख्दै आएको आरोपमा फरार भई साउदी अरबमा लुकेका एक अभियुक्तलाई ‘इन्डियन पुलिस सर्भिस’ (आइपिएस)की एक महिला प्रहरीले पक्राउ गरी स्वदेश ल्याएकी छन् । 

आइपिएस अफसर २९ वर्षीया मेरिन जोसेफले दुई वर्षअघि भागरे सउदी अरब पुगेका अभियुक्त सुनिल कुमार रियादलाई पक्राउ गरेकी हुन् । भारतीय प्रहरीले उजुरी दर्ता गरेसँगै उनी भाग्दै आएका थिए । उनी छुट्टी मनाउन केरल जाँदा बालिकामाथि अनैतिक क्रियाकलाप गरेका थिए । उनलाई पक्राउ गर्न भारतीय प्रहरीले ‘लुकआउट नोटिस’ जारी गरेको थियो । 

अहिले बालिका सरकारीको एक संस्थामा बस्दै आएकी छन् । उनको अवस्था ठिक रहेको समाचारमा जनाइएको छ । नयाँपत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्