पाकिस्तानी क्रिस्चियन महिला आसिया बीबी रिहा



 

इस्लामावाद :  पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपबाट मुक्त भएकी क्रिस्चियन महिला आसिया बीबी कारागारबाट रिहा भएकी छन् ।

 

उनलाई मुल्तान शहरको जेलबाट रिहा गरिएको हो । आसियाका वकिल सैफ–उल–मुलुकले कारागारबाट रिहा भइसकेको जनाएका हुन् । तर उनी कहाँ छिन् भन्ने खुलाइएको छैन ।उनलाई पाकिस्तानी तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको भए पनि सर्वोच्चले त्यसलाई रद्द गर्दै आरोपबाट मुक्त गरेको थियो । रिहा भएकी आसिया विमानमार्फत् पाकिस्तानबाट बाहिर गइरहेको खबरहरु सार्वजनिक भएका छन् ।

 

सर्वोच्च अदालतको फैसलाविरुद्ध पाकिस्तानका मुस्लिम कट्टरपन्थीले व्यापक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीसँग सरकारले आसिया बीबीलाई देशबाट बाहिर जान नदिने बताएको थियो ।प्रदर्शन चर्किँदै गएपछि आसियाका पतिले आफ्नो परिवारलाई पाकिस्तानमा जोखिम रहेको भन्दै अमेरिका, बेलायत, क्यानडासहितका देशसँग शरणका लागि अपिल गरेका थिए ।

 

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्