सुनको मूल्य घट्यो



काठमाडौं : आज (आइतबार) सुनको भाउ ओरालो लागेको छ । सुनको भाउ रु. ५०० घटेर कारोबार भएको छ ।

सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको  छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।   

प्रतिक्रिया दिनुहोस्