भारतमा माओवादी आक्रमण, चारको मृत्यु



काठमाडौं : भारतको छत्तीसगढ राज्यमा विधानसभा चुनाव आउनै लाग्दा माओवादीहरूले बिहीवार सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ) को वाहनमा आक्रमण गरेपछि एक जवानसहित चारजना मारिएका छन् । 

 

प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार, माओवादीहरूले दन्तेवाडामा बसनजिक आईडी विस्फोट गराएका थिए । यसै क्षेत्रमा केही दिनअघि दूरदर्शनका एक क्यामराम्यान मारिएका थिए । सीआईएसएफका दुई जवान घटनामा घाइते भएको दन्तेवाडा प्रहरी सुपरीवेक्षक अभिषेक पल्लवले बताए । 

 

जवानहरू बजारबाट अन्न किनेर शिविरतर्फ आउँदै गर्दा बचेली डाँडामा विस्फोट भएको थियो । घटनामा मारिएका सर्वसाधारणमा बस चालक, कन्डक्टर र सफाइ कर्मचारी छन् । 

 

छत्तीसगढमा नोभेम्बर १२ र २० मा हुन लागेको चुनावमा सुरक्षाका लागि ती जवानहरू खटिएका थिए । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्