४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी– ३ जना पक्राउ



काठमाडौं : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई  बिगत ४ दिनदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरु ३ जनालाई काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्