भैलो खेल्न हिँडेको जीप दुर्घटना, २० जना घाइते



 

दाङ :   दाङमा भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।  तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन् ।

 

तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा भैलो खेल्न आउँदै गरेको जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ । दुर्घटना पछि जीप चालक फरार भएका छन् । घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ । 

 

तुलसीपुर उपमहानगरपालिका –७, झुमारेकी १८ वर्षीया कामना भुसालको टाउकोमा चोट लागेको र त्यसै ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । 

 

यसैगरी वर्षीया सरस्वती भट्टराईको प्रारम्भीक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय सञ्चार शाखाका प्रहरी हवल्दार डिमबहादुर थापाले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो