उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्रीलाई भेट्दै, कारण यस्तो छ



काठमाडौं : सरकारले मालवस्तु तथा ढुवानी साधनको अनलाइन निगरानी (भीसीटीएस), ढुवानीकर्ताले पनि भ्याट तिर्नुपर्ने र सरकारीरनिजी जुनसुकै संस्थामा काम गर्नेको पनि प्यान अनिवार्य गरेको छ ।

भीसीटीएस, ढुवानीकर्ता भ्याटमा जानै पर्ने र तलब दिँदा प्यान अनिवार्य गरिएको विषयमा गुनासो राख्न नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गर्दैछ । साना व्यापारीले जस्तो महासंघले यी नियम खारेज गर्नेभन्दा पनि सहज गरिदिन माग गर्ने महासंघले जनाएको छ ।

अर्थमन्त्री खतिवडाले दिउँसो ४ बजेको समय दिए पनि कर चुहावट हुन नदिन र आर्थिक क्षेत्र सुधारको लागि ल्याइएको नियमबाट भने पछि नहट्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्