बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियो



एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो । ‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा लेखिएको छ । भिडियोलाई ट्वीटरमा २१ हजारले लाइक गर्नुका साथै ३ लाखभन्दा बढीले हेरिसकेका छन् ।

भिडियोलाई मानिसहरूले प्रशंसा गरेका छन् । ‘म ६ वर्षअघि जिराफ मनोर गएको थिएँ १ त्यहाँ आगन्तुकहरूले जिराफहरूलाई खुवाउन एक प्रकारको भाँडा उपलब्ध हुन्छ । जिराफलाई बिहान र दिउँसो खुवाउने मौका पाउनुहुन्छ’, एक प्रयोगकर्ताले ट्वीट गरे ।

विशिष्ट लुक र अनौठो उपस्थितिका कारण मानिसहरूले सामाजिक सञ्जालमा जिराफको भिडियोहरू हेर्न मन पराउँछन् । ‘संसारमा यति धेरै संकटबीच तपाइँको जनावरको विशेषताले कसैको जीवन शान्त बनाउँछ’, एक प्रयोगकर्ताले टिप्पणी गरे । ‘ओएमजी मलाई मन पर्‍यो’, अर्का तेस्रा प्रयोगकर्ता टिप्पणी गर्छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्