घरबेटीले भाडाको साटो सेक्सकाे प्रस्ताब राखेपछि…



काठमाडाैं : लण्डनमा कोठा भाडामा लगाउने घरबेटीहरुले भाडाको सट्टा सेक्सको माग गर्दै ‘रेन्ट फर सेक्स’ भन्ने अभियान चलाउँदै विज्ञापन छाप्न थालेपछि त्यसको सत्यताबारे बुझ्न गएकी बीबीसी थ्री डकुमेन्ट्रीकी पत्रकार एली फ्लिनको अनुसन्धानमा आधारित।

‘हो, खाना पकाई दिए बापत, सफाई गरिदिए बापत र बस्नलाई छानो दिए बापत मसँग सेक्स गर्न पाउने प्रस्ताव राखिँदै थियो। लण्डनको त्यो शुक्रबारको साँझ मेरो अघिल्तिर २५ वर्षको एउटा युवक बसेको थियो।’

उसले आफ्नो सुत्ने कोठा मसँग साझा गर्न तयार रहेको भन्यो, त्यो पनि बिना कुनै भाडाको… तर उसको एउटा सर्त थियो- सेक्स गर्न पाउनुपर्छ। मैले त्यहाँ आश्रय पाउनुका निम्ति उसँग नियमित सेक्स गर्नु पर्ने हुन्थ्यो।

जुन युवकका अघिल्तिर म बसेकी थिएँ उसका लागि म एउटी नर्सिङ पढ्दै गरेकी २४ वर्षीय विद्यार्थी थिए, जोसँग लण्डनमा बस्नका लागि कुनै घर थिएन। लण्डनको जुन घरमा उसले यो सबै प्रस्ताव राखिरहेको थियो उसँगै त्यहाँ अरु पनि बस्ने गर्थे। 

तर पनि उसले भन्यो- ‘अरु भए पनि केही फरक पर्दैन मात्र तिमीले मेरी ‘गर्लफ्रेन्ड’ हो भने पुग्छ।’ जब म अलिक आत्तिएझैँ गरे त्यसपछि उसले मलाई फकाउँदै आफ्नो कुरामा सहमत गराउन खोजिरहेको थियो।

उसले के पनि भन्यो भने- ‘हेर यसरी अनलाईनमा कोठा अफर गर्नेहरुमध्ये म निकै राम्रो विकल्पमा पर्छु।’ उसले थप भन्यो- ‘मेरो कुरामा विश्वास गर निकै मजा आउँछ।’

प्रतिक्रिया दिनुहोस्