विमानस्थल कालोपत्रको काम सुरु



काठमाडौं : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सुरु भएको छ। लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रूपमा सञ्चालन भइरहेको छ।

गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य सुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर सुरु भएको हो। विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए।

 

प्रतिक्रिया दिनुहोस्