साझा पार्टीको  केन्द्रीय समितिमा सात जना सदस्य थप



काठमाडौं : साझा पार्टीले केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

बैठकले कीर्ति तुलाधर , सुमित्रा सिंह लामा,नारायण कोइराला ,विकल शेरचन, रोहित थापा,  भिमप्रसाद अधिकारी र विकु लामालाई पार्टिको केन्द्रिय समितिमा थप गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्