राजकिशोर यादव राजपा अध्यक्षमण्डलको नयाँ संयोजक 



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी  सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् । 

साउन ४ र ५ गते प्रदेश २ को राजधानी जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको बैठकले यादवलाई संयोजक बनाउने निर्णय गरेको हो । 

आइतबार राजपाका संयोजक झाद्वारा विज्ञप्ति जारी गर्दै यादवलाई संयोजक बनाउने निर्णय भएको बताए । 

पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा यादवले जिम्मेवारी पाएका हुन् । संयोजक झाको अवधि आजैबाट सकिँदैछ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस्