भाइको कुटाइबाट दाइको मृत्यु



सोलुखुम्बु : सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ। थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति मृत्यु भएको हो।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो। झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन। भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्