हिम मानव छ या छैन ?



काठमाडौं : नेपाल र तिब्बतको हिमालय श्रृंखलामा देखिएको विश्वास गरिने यती अर्थात् हिम मानवको वारेमा वास्तविकता थाहा पाउन बैज्ञानिकहरु अझैं सफल हुन सकेका छैनन् । 

 

हिमालय पर्वतमाला र नेपालको हिम श्रृंखलाको पल्लोपट्टि रहेका तिब्बतियनहरुले पनि यती अर्थात् हिम मानवहरु देखेको धेरै दावा गरेका छन् भने यती किम्बदन्तिको जनावरकै रुपमा अझैं पनि रहेको छ । देख्नेहरु थोरै भएका र सजिलै नदेखिने हुनाले पनि यती पृथ्वीमा अस्थित्वमा रहेको वा नरहेको वारेमा बैज्ञानिकहरु एक मत हुन सकेका छैनन् । जसका कारण यतीको वारेमा जति पनि अनुसन्धान हुन्छ यकिन निष्कर्शमा पुग्न कोही सकेका छैनन् । तर स्थानियहरु आफुले ठुलो आकृतिको हिम मानव देखेको दावा भने गरिहेका हुन्छन् ।

 

यतीको यही खोजमा निस्किएको अमेरिकाका जीव बैज्ञानिक शार्लट लिण्डक्विस्टको टोलिले गरेको पछिल्लो अनुसन्धानमा पनि यतीको वास्तविकता खुल्न सकेन । शार्लटको अनुसन्धानले यती अर्थात् हिम मानवको अस्थित्व नभएको कुरा बताएपनि उनको अनुसन्धानले भने अझैं पुष्टि गर्न सकेको छैन । यो वाहेक यतीलाई देखेको दावा गर्नेहरुलाई पनि उनको अनुसन्धानको निचोडमा विश्वास गर्न सकेका छैनन् । 

 

शार्लट र उनको अनुसन्धान टिमले हिमालय श्रृंखलामा यतीको अवशेषको रुपमा पाईएको हात, दाँत, छाला, कपाल आदीको डिएनए परिक्षण गरेका थिए । उनीहरुले प्राप्त गरेको विभिन्न ९ अंगहरुको डिएनए परिक्षण गर्दा कुनै अंगको डिएनए कुकुर प्रजातिसंग मेल खाएको, कुनै एशियाली कालो भालुसंग त कुनै भूरे भालुसंग मेल खाएको पाईएको बताईयो । अधिकांश अंगको डिएनएन परिक्षण गर्दा भालू प्रजातिसंग मेल खाने किसिमको रहेको थियो । 

 

शार्लटको आंशका सर्वसाधारणले देखेको यती भन्ने जीवमा भालूको जैविक आधार पाईने हुनसक्छ । यो विषयमा भने थप अनुसन्धान हुनु पर्छ । किनकी हाम्रो अनुसन्धानको पहिलो चरण भनेकै कुन प्रजातिको भालूसंग यतीको अनुवंशिक मेल खान्छ भन्ने पत्ता लगाउनु पनि रहेको थियो । तर पनि हामीले अनुसन्धानलाई यतीको वास्तविकताको धेरै नजिकसम्म पुग्ने किसिमले गर्ने प्रयास गरेका छौं । 

 

अहिले पाएको अवशेषहरुको अनसन्धानले के देखाएको छ भने यदी नेपाल र तिब्बतको हिमालय पर्वतमालामा यती रहेकै खण्डमा पनि यो कुनै भालू प्रजातिको हुन सक्छ भने यो प्रजातिको भालूको अस्थित्व खतरामा रहेको कुरा भने देखाउछ ।

प्रतिक्रिया दिनुहोस्