साम्राज्ञीले हटाइन् फोटो



सेलेब्रिटीको आफ्नो व्यक्तिगत जीवन हुन्छ । त्यो जीवन आममानिसले बाँचेजस्तो नै हुन्छ । उनीहरूका पनि निजी कुरा हुन्छन्, जो बाहिर आउनु हुँदैन । उनीहरूका अन्तरंग कुरा बाहिर आउँदा भने व्यावसायिक जीवनमा नै समस्या परेका घटना पनि छन् । अहिले यस्तै अन्तरंग फोटोका कारण नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह चर्चामा छिन् । 

उनी अहिलेकी चल्तीकी नायिका हुन् । उनको आफ्नै फ्यान फलोअर्स छन् । फिल्मका साथै व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आइरहने साम्राज्ञी पहिले मयंक खड्कासँग प्रेमसम्बन्धमा थिइन् । मयंकसँगको ब्रेकअपपछि उनी देवाङ्कस राणासँग प्रेममा छिन् । उनीहरू दुवै अहिले इन्डोनेसियाको बालीमा बिदा मनाइरहेका छन् ।

यसैबीच, साम्राज्ञीको बिकिनीवाला फोटोले फिल्मी बजार ततायो । त्यसको केही समयपछि उनले देवाङ्कस राणाले चुमेको फोटो सार्वजनिक गरिन् । त्यसपछि भने उनलाई फ्यानले गाली गर्न थाले । इन्स्टाग्राममा सार्वजनिक भएका फोटो फ्यानले मन नपराएको बुझेपछि उनले हटाएकी छिन् । साम्राज्ञीलाई सहज लागे पनि दर्शकलाई भने उनको रोमान्सवाला तस्बिर पचाउन गाह्रो भयो । यहीकारण उनी पछि हटिन् । 

प्रतिक्रिया दिनुहोस्