अमेरिकाको क्यालिफोर्नियास्थित बारमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित १२ को मृत्यु



काठमाडौं: संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १२ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी समेत भएको जनाइएको छ । 

 

स्थानीय समअनुसार बुधवार २३ः२० बजे बारमा गोली चलेको थियो । लस एन्जल्सभन्दा ६५ किलोमिटर उत्तर–पश्चिममा रहेको बारमा गोली चलेको हो । 

 

म्युजिक पार्टी चलिरहेकाे बारमा २०० जनाजति रहेको जनाइको छ । बन्दुकधारीको भित्रै मृत्यु भइसकेको जनाइएको छ । उनको पहिचान भने हुन नसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती बन्दुकधारीले गाेली चलाउनुकाे कारण पनि खुल्न नसकेकाे अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्