अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको मृत्यु



नयाँदिल्ली : भारतको झारखण्डको गुमला जिल्लामा अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको निधन भएको छ । 

शनिबार राति करिब १२ जनाको नकापधारी समूहको कुटाइबाट उनहीहरुको निधन प्रहरीले जनाएको छ । 

लठ्ठीसहित पुगेका अज्ञात समूहले उनीहरुलाई बीच सडकमा ल्याएर कुटपिट गरेका थिए । त्यो दृश्य देखेर त्यहाँ कसैले विरोध  नगरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

घटनामा संलग्न आरोपी फरार रहेका छन् भने निधन भएकाहरुको पहिचान खुल्न नसकेको रान्चीका प्रहरीले जनाएको । 

    

प्रतिक्रिया दिनुहोस्