साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व



काठमाडौं : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ । 

Related image

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । 

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।

Related image

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ।

Related image

साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा पूजा गरे सवै देवताको पुजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। हिन्दु धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ, आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।

पुराणहरुमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ। ती हुन्– साउने सोमबार, सोह्र सोमबार एवं सोह्र पद्रोस। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रर्त गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने विश्वास छ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्दछ। शिव पुराण अनुसार शिव स्वंय जल हुन। भगवान शिवले सनतकुमाहरुलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन – मेरा तीन आँखामध्ये दाहिने आँखा सुर्य, बायाँ आँखामा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन। हाम्रा महिनाहरुको नाम नक्षत्रका आधारमा राखिएको छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन। चन्द्रमा भगवान शिवको मस्तकमा शोभयमान छन्। जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरे पछी साउन महिना सुरु हुन्छ।

Image result for साउने सोमबार

सुर्यले ताप तथा चन्द्रमा ले शीतलता प्रदान गर्छन, यसकारण सुर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई पसन्न तुल्याउँछ। त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत एंव पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ। महिनाको अरु दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्तयि मान्यता छ।

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ ।

प्रतिक्रिया दिनुहोस्