ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ घाइते



काभ्रे : पाँचखाल नगरपालिका–४ हेलम्बु राजमार्गमा ट्रक र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ। ट्रकसँग मोटरसाइकल ठोकिदा पाँचखाल नगरपालिका ४ बस्ने संजीव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले बताए।

मण्डनदेउपुरबाट पाँचखालतर्फ आउँदै गरेको मिनि ट्रकसँग मण्डनदेउपुरतर्फ जाँदै गरेको मोटरसाइकल ठोकिदा दुर्घटना भएको हो। मोटरसाइकलमा ३ जना सवार रहेको र २ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्