प्रिमियर लिग फुटबलमा भीएआर प्रविधि लागू हुने



काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा यस सिजनदेखि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागू हुने भएको छ। प्रिमियर लिगका अन्तरिम चिफ रिचार्ड मास्टरले यस २०१९–२० सिजनबाट नै भीएआरको प्रयोग गरिने स्पष्ट गराएका छन्।

मास्टरले स्काई स्पोर्ट्ससँगको कुराकानीमा भने,‘हामीले भीएर प्रविधिका लागि २ वर्षदेखि नै तयारी गरिरहेका छौं। यो हाम्रो ठूलो निर्णय हो र मलाई थाहा छ, यसले केही विवाद भने निम्त्याउँछ। हामी भीएआर लागू गर्न तयार छौं।’

प्रिमियर लिगमा पहिलोपटक भीएआर प्रविधि ल्याउन लागिएको हो। यसअघि विश्वकप, कोपा अमेरिका र च्याम्पियन्स लिगमा भीएआरको प्रयोग भइसकेको छ। यस सिजनको प्रिमियर लिग अगस्ट ९ देखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्