एक फोटो जसले प्रियंकालाई दियो ‘पाखण्डी’को संज्ञा



बलिउड अभिनेत्री प्रियंका चोपडाले केहि दिन अगाडि आफ्नो ३७औं जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिन परिवार तथा साथीको साथमा मनाइन् । 

प्रियंकाले पार्टीमा खिचाएको फोटोहरु अहिले सामाजिक संजालमा निकै छाएका छन् ।

विभिन्न तस्विरहरु मध्ये एक तस्विरमा प्रिंयकाले चुरोट पिइरहेको देख्न सकिन्छ । उनी सँगै उनका पति निक र आमा मधु चोपडालेसमेत चुरोट पिइरहेका छन् । 

प्रियंकाले केहि वर्ष अगाडि एक इन्टरभ्युमा आफु दमको ब्यथाले पीडित बनेको स्विकार गरेकी थिइन् र उनले २०१०मा एक पोष्टमा धुम्रपान गर्नु गलत रहेको बताएकी थिइन् ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले सोही फोटो राख्दै आफुले बोलेको कुरा आफैं ब्यवहारमा लागू गर्न नसक्ने पाखण्डी भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्