प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन गर्ने बताएका छन् । राजपा अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी ग्रहण गरेसँगै यादवले सो कुरा बताएका हुन् । 

सोमबार जनकपुरको विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई गतिशिलता प्रदान गर्ने र संगठनलाई सुदृढीकरण गर्ने बताए ।

‘सरकार गठन भएदेखि आजसम्म के कति प्रगति भयो । कति जनपक्षय काम भयो । हामीले कति बजेट खर्च गर्यौ । त्यो खर्च गर्ने विधि प्रक्रिया के भयो । यी सारा प्रक्रियाको मूल्यांक गर्छु ।’ उनले भने, ‘सरकारको कार्यलाई पुनः मूल्यांकन गर्छौ । र सन्तोष जनक लेखिएन भने त्यसमा गर्नुपर्ने सुधारका कार्यहरुपनि गर्ने छु ।’

साथै उनले वर्तमान संघीय सरकारको कार्य प्रणालीसँग आमजनता सन्तुष्ट नरहेको दाबी गरेका छन् । सरकारको गलत क्रियाकलापविरुद्ध सडकदेखी सदनसम्म संघर्ष गर्ने चेतावनी समेत संयोजक यादवले दिएका छन् । 

उनले पार्टीको भातृ संगठनका साथै कमिटीको बैठक बोलाउने र समसायिक राजनीतिक अवस्थामा आगामी दिनमा पार्टीको रणनीति के हुने, पार्टीमा कसरी प्रस्तुत हुनेबारे निश्चित मापदण्ड बनाएर अगाडि बढ्ने बताए ।

राजपा अधिवेशन सम्बन्धी प्रश्नको जवावमा यादवले भने, ‘कात्तिकमा अधिवेशन हुन्छ । यसको लागि वडा, गाउँ, नगर र जिल्ला कमिटीलाई दिएको जिम्मेवारीबारे बुझेर समयमै अधिवेश सम्पन्न गराउने छौं ।’

 

प्रतिक्रिया दिनुहोस्