थप १४ जनामा कोरोना संक्रमण, २१ जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै थप २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् । थप ६९ हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।\

प्रतिक्रिया दिनुहोस्