विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक



जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा  उनले सरकारले विप्लव समूहलाई नबुझी व्यवहार गरिरहेको बताए ।

विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

अहिलेको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरु जनसंघर्षको पक्षमा रहेको बताए ।

अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले संघीयता पनि त्यस्तै रहेको बताए । मुलुकमा संघीयता लागू गरे पनि प्रदेशहरु स्वायत्त नबनाएको नेता बैद्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्