हसियाले हानेर छोराले लिए बुवाको ज्यान, आमा घाइते



कैलाली : कैलालीमा धारिलो हतियार प्रयोग गरी छोराले बुवाको हत्या गरेका छन्। घोडाघोडी नगरपालिका–११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले धारिलो हतियार हँसिया प्रहार गर्दा ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको हो।

घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए। घरायसी विवादका कारण छोराले आफ्नै बुबामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। रावतलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्