४२ वर्षमा नायिका पूजाले गरिन् गोप्य विवाह (तस्विरसहित)



काठमाडाैं : बलिउड अभिनेत्री पूजा बत्राले नवाब शाहलाई डेट गरिरहेको खबर हालै सार्वजनिक भएको थियो। नवाब शाह सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’मा काम गरिसकेका छन्। पूजा बत्रा र नवाब शाह अब विवाह बन्धनमा बाँधिइसकेको यी दुईको इन्स्टाग्रामबाट पुष्टि भइसकेको छ। यी दुईले गोप्य तरिकाले विवाह गरेका छन्।

पूजा बत्राले हालै सोसल मिडियामा जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनले हातभरी रातो चुरा लगाइरहेको देखिएकी छिन्। यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुले विवाह गरिसकेका छन् र यतिबेला दुई छुट्टी मनाइरहेका छन्। पूजाले नायक अक्षय कुमारलाई डेट गरिसकेकी थिइन्। अक्षय फिल्मी क्षेत्रमा प्रवेश गर्नुअघि नै उनीहरु प्रेम सम्बन्धमा थिए।

प्रतिक्रिया दिनुहोस्